चुलाचुलि युनेस्को क्लव-काठमाडौंको आर्थिक व्यवस्थापन नियमावली २०६३
परिचयः
संयुक्त राष्ट्रसंघको उच्च आदर्शलाई सम्मान गर्दै स्थापित भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन -युनेस्को)को कार्यक्षेत्रहरु शिक्षा, संस्कृति, विज्ञान, वातावरण तथा आम सञ्चारको क्षेत्रहरुमा विभिन्न कृयाकलापहरु सञ्चालन गर्नुका साथै अधिकारबाट वञ्चित आदिवासी जनजाति तथा अतिसिमान्तकृत समूहहरुको मानवअधिकारको पर्ूण्ा उपभोगको लागि समेत गतिविधिहरु सञ्चालन गर्दै विश्वशान्ति स्थापनामा प्रत्यक्ष वा परोक्षरुपमा समस्त रुपमा युवा बालबालिका, विद्यार्थी, महिला, पुरुष तथा सम्पर्ूण्ा वर्गको परिचालन गर्न स्थापित भएको एक मुनाफारहित सामाजिक संस्था नै चुलाचुलि युनेस्को क्लव हो ।
प्रस्तावनाः
यस चुलाचुलि युनेस्को क्लवको आर्थिक कारोवारको पारदर्शी रुपमा अभिलेख राख्न, नियन्त्रण गर्न क्लवद्वारा सञ्चालित कार्यक्रमको उच्च मूल्याङकन गर्न र आर्थिक कारोवारको सहि सूचना उपलब्ध गराउन छुट्टै नियमावलीको आवश्यकता भएकोले क्लवको विधानको दफा २५ले दिएको नियम बनाउन पाउने व्यवस्था भएबमोजिम यो चुलाचुलि युनेस्को क्लवको आर्थिक व्यवस्थापन नियमावली २०६३ तयार गरिएको छ ।
परिच्छेेद-१
नाम र प्रारम्भ तथा परिभाषा
दफा-१ नाम र प्रारम्भः
क) यो नियमावलीको नाम चुुलाचुलि युनेस्को क्लवको आर्थिक व्यवस्थापन नियमावली २०६३ र अंग्रजीमा ँष्लबलअष्ब एियष्अिथ या ऋजगबिअजगष् िग्ल्भ्क्ऋइ ऋगिद द्दण्ण्ट ९द्दण्टघ० रहनेछ ।
ख) यो नियमावली तुरुन्त लागु हुनेछ ।
दफा-२ परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा
क) आर्थिक व्यवस्थापन नियमावली भन्नाले चुलाचुलि युनेस्को क्लवको आर्थिक व्यवस्थापन नियमावली २०६३ लाई सम्झनु पर्दछ ।
ख) विधान भन्नाले चुलाचुलि युनेस्को क्लवको मूल विधानलाई सम्झनु पर्दछ ।
ग) क्लव भन्नाले चुलाचुलि युनेस्को क्लवलाई सम्झनु पर्दछ ।
घ) कोष भन्नाले क्लवको कोष तथा बैंक खाता समेतलाई सम्झनु पर्दछ ।
ङ) सम्बद्ध श्रोत भन्नाले यस क्लवले सञ्चालन गर्ने कार्यक्रममा साझेदारी वा सहयोग गर्ने सरकारी वा गैरसरकारी संस्था तथा व्यक्ति समेतलाई सम्झनु पर्दछ ।
च) कार्यक्रम भन्नाले क्लवद्वारा सञ्चालित जुनसुकै कार्यक्रम तथा परियोजना समेतलाई सम्झनु पर्दछ ।
छ) कर्मचारी भन्नाले स्थायी, अस्थायी करार सेवा समेतमा नियुक्ति-पत्र लिई काम गर्ने कर्मचारीहरुलाई सम्झनु पर्दछ ।
ज) सदस्यहरु भन्नाले विधानको दफा-७ बमोजिमको योग्यता पुगेर विधानको दफा-८ बमोजिम सदस्य बनेका व्यक्तिहरुलाई सम्झनु पर्दछ ।
परिच्छेद-२
उद्देश्य
दफा-३ यस नियमावलीमा निम्न अनुसारको उद्देश्यहरु हुनेछः
क) क्लवद्वारा सञ्चालित आर्थिक कारोवारको सही अभिलेखन गर्ने तथा त्यसको पारदशिर्ता सदस्यहरु तथा सम्बद्ध श्रोतहरुलाई अवगत गराउनु ।
ख) आर्थिक कारोवारमा नियमितता प्रदान गर्नु ।
ग) सम्पर्ूण्ा आर्थिकसँग सम्बन्धित कार्यक्रमको उच्च मूल्याङकन तथा नियन्त्रण गर्नु ।
परिच्छेद-३
आर्थिक कारोवार
दफा-४ यस क्लवले निम्न अनुसार आर्थिक कारोवार गर्नेछः
क) यस क्लवको कार्यालयमा एक सानो नगदी कोष राखिनेछ । उक्त कोषमा बढीमा रु. ५,०००/- -रुपैयाँ पाँच हजार) सम्म रकम राख्न सकिनेछ ।
ख) क्लवको सानो नगदी कोषमा रकम सकिएर रु. १,०००/--रुपैयाँ एक हजार)सम्म आई सकेपछि कोषध्यक्षले अर्को सानो नगदी कोषको दाखिला गर्न सक्नेछ ।
ग) सानो नगदी कोषबाट बढीमा एक हजारसम्म नबर्ढाई कार्यालय व्यवस्थापनको लागि अध्यक्ष, सचिव र कोषाध्यक्षले खर्च गर्न सक्नेछ । तर एकै समयमा एउटै शिर्षमा खर्च गर्दा भने तीन जनामध्ये पहिलो हुने एक जनाले मात्र खर्च गर्न सक्नेछ । खर्चको बिल भर्पाई नियमित बैठकमा पेश गरी अनुमोदन गराउनु पर्नेछ ।
घ) यथासम्भव सबै प्रकारको खर्चहरुको भुक्तानी चेकद्वारा गरिनेछ र रु १०,०००/--रुपैयाँ दश हजार) भन्दा माथिको रकम अनिवार्य रुपमा चेकबाट गरिनेछ तर बैंकिङ सुबिधा नभएको दर्ुगम जिल्ला तथा क्षेत्रहरुमा भुक्तानी दिनु पर्दा आवश्यक परेमा वैकल्पिक व्यवस्था मिलाउन कार्यसमितिको बैठकले निर्ण्र्ाागर्न सकिनेछ ।
ङ) रकम भुक्तानी गर्दा खर्च भएको वा बिक्रेताको बिल, भर्पाई, रसिद बुझिलिनेको दस्तखत, मिति, वस्तु तथा सेवाको परिमाण, दर, मुल्य आदि उल्लेख भएको प्रमाणित कागजातहरुको समाविष्ट भएको हुनु पर्नेछ । भुक्तानी प्राप्त गर्ने व्यक्ति वा र्फमको भुक्तानी बुझिलिनेको आधिकारिक दस्तखत र र्फमको भए स्ट्याम्प-छाप) वा भर्पाई समेत अनिवार्य रुपमा लिनु पर्नेछ ।
च) यातायातको साधनको भाडा खर्च भुक्तानी दिँदा टिकट वा यातायात प्रयोग गरेको फारममा यात्रा गरेको ठाउँ, मिति, यातायात साधन र भाडा आदि विवरण भरी स्वीकृत गर्राई पेश गर्नु पर्नेछ ।
छ) कर्मचारी स्थाई नियुक्तिको भए भैपरी आउदा अग्रिम एक महिनाको तलब पेश्की स्वरुप उपलब्ध गराउन सकिनेछ ।
ज) कर्मचारी वा कामदारले पेश्की फछ्र्यौट नगरेमा, लेखा परीक्षण गर्न बाँकी राखेमा वा नगरेमा वा अन्य त्यस्तै दायित्व निर्धारित समयभित्र पूरा नगरेमा निज कर्मचारी वा कामदारको तलब वा ज्याला रोक्का गरी उक्त दायित्व पूरा गराउने अधिकार कार्यसमितिमा रहनेछ ।
झ) सामान्यतया क्कवको कर्मचारी तलब भुक्तानी गर्दा कर्मचारीले काम गरी सकेको महिनाको लागि त्यस महिनाको अर्को महिनाको पहिलो दिन दिइनेछ ।
ञ) नेपाल सरकारलाई प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर रकम -जस्तैः घर भाडा, आय कर, पारिश्रमिक कर आदि) कट्टा गरी भुक्तानी गनु पर्नेछ ।
ट) सदस्यहरु वा सम्बद्ध श्रोतहरुले संघको आर्थिक गतिविधि बुझ्न चाहेमा कोषाध्यक्षले जुनसुकै समयमा पनि जानकारी गराउन सक्नेछ ।
परिच्छेद-४
भण्डार र खरिद व्यवस्थापन
दफा-५ यस क्लवको सम्पत्ति भण्डार र आवश्यकीय सामग्रीको खरिद निम्न अनुसार गरिनेछः
क) कुनै पनि सामग्री खरिद गर्नु पर्ूव सम्बन्धित कर्मचारीहरुले सामग्रीको मात्रा, स्तर मापन, अनुमानित मूल्य र प्रयोजन खुलाएर माग फारम भरी स्वीकृत लिनु पर्नेछ ।
ख) खरिद गरिने सामग्रीको सस्तो मूल्य पहिल्यउन प्रतिस्पर्धात्मक मूल्यको कोटेशन लिनु पर्नेछ ।
ग) रु. १०,०००/--रुपैयाँ दश हजार) भन्दा माथिकोे सामग्री खरिद गर्दा कम्तीमा पनि तीनवटा र्फम वा बिक्रेताबाट प्रतिस्पर्धात्मक मूल्यको कोटेशन मध्ये कम मूल्य र राम्रो गुणस्तर भएको आधारमा खरिद आदेश स्वीकृत गर्राई खरिद गरिनेछ ।
घ) खरिद भएको सामग्रीको गुणस्तर, परिमाण, दुरुस्तता आदि आधिकारिक व्यक्तिबाट जाँच गरी स्टोर दाखिला भएपछि मात्र भुक्तानी दिइनेछ ।
ङ) एक वर्षभन्दा कम खप्ने मालसामान र एक वर्षभन्दा बढी भन्दामाथि खप्ने मालसामानलाई तिनीहरुको प्रकार छुट्टयाएर अभिलेख राखिनेछ ।
च) भण्डारबाट सामान निकासा गर्दा माग फारम भरी स्वीकृति गराएपछि मात्र निकासा गरिनेछ ।
छ) नेपाल सरकारको निकायहरु वा कुनै कम्पनीको अधिकृत बिक्रेताहरुबाट सामान खरिद गर्दा त्यस्ता निकाय वा अधिकृत बिकृताले नेपाल सरकार वा कम्पनीले तोकेको निचिश्त अधिकृत मूल्यमा बिक्री वितरण गरेको छ भने प्रतिस्पर्दा मूल्य वा कोटेशन विना नै खरिद गर्न सकिनेछ ।
ज) सामान खरिद गर्दा यथासम्भव मूल्य अभिवृद्धि कर ९ख्ब्त्० दर्ता भएको वा नियम अनुसार कर दर्ता प्रमाण-पत्र भएको व्यापारिक र्फम वा प्रतिष्ठानबाट खरिद गर्न सकिनेछ । मूल्य अभिवृद्धि करमा पनि दर्ता नभएको वा कर प्रमाण-पत्र नभएको र्फम वा प्रतिष्ठानलाई रु. ४०,०००/- -रुपैयाँ चालिस हजार)सम्मको भुक्तानी दिनु परेमा प्रचलित नियम अनुसारको कट्टा गरी दिइनेछ । यो हदन्दी पटक पटक गरी भुक्तानी दिँदा समेत लागु हुनेछ ।
परिच्छेद-५
बजेट र स्वीकृति
दफा-६ यस क्लवको बजेट तथा यसको स्वीकृति निम्न अनुसार हुनेछः-
क) यस क्लवको कर्मचारीहरुको तलव, ज्याला, भत्ता तथा अन्य सुबिधा यस क्लवको मानव संसाधन तथा कर्मचारी नियमावली अनुसार हुनेछ । उक्त नियमावलीमा उल्लेख नगरिएको हकमा कार्यसमितिले तोके अनुसार हुनेछ ।
ख) कार्यक्रमको स्वीकृति तथा नियमावलीको अधिनमा रही सम्पर्ूण्ा खर्च एवं भुक्तानीको स्वीकृति क्लवको अध्यक्ष वा निज तोकेको कार्यसमिति सदस्यबाट हुनेछ । खर्च भुक्तानी स्वीकृति गर्नुपर्ूव कोषाध्यक्षले बिल भर्पाईको जाँच वा परिक्षण गर्नु पर्नेछ । तर कोषाध्यक्षको बिल भर्पाई अध्यक्षबाट गरिनेछ ।
ग) अध्यक्षको बिल भर्पाई कार्यसमितिको बैठकबाट गरिनेछ ।
घ) स्वीकृत बजेटभित्र रहेर कार्यसमितिकाृ प्रयोजनको लागि आवश्यक पेश्की रकम दिन सकिनेछ । तर यसरी दिएको पेश्की कार्यक्रम सकिएको १५ दिनभित्र फछ्र्यौंट गर्नुपर्नेछ । पेश्की वितरण गर्दा अध्यक्ष्यले स्वीकृति गर्नेछ । अध्यक्ष्यले आफ्नो पेश्की आफै स्वीकृति गर्न सक्नेछ तर खर्चको बिल स्वीकृति गर्न सक्ने छैन ।
ङ) पेश्की रकम सानो नगदी कोषबाट पनि दिन सकिनेछ ।
परिच्छेद-६
प्रतिवेदन तथा अभिलेख
दफा-७ यस क्लवको आर्थिक प्रतिवेदन तथा अभिलेख निम्न अनुसार गरिनेछः-
क) यस क्लवले सञ्चालन गर्ने परियोजनाको अर्थिक कारोवारको लेखा राख्ने काम कोषाध्यक्षको हुनेछ ।
ख) परियोजनाको आर्थिक प्रतिवेदन मासिक तथा त्रैमासिक रुपमा तयार गरिनेछ ।
ग) आर्थिक प्रतिवेदन कार्यसमितिको अध्यक्षबाट स्वीकृति गर्राईनेछ ।
परिच्छेद-७
लेखा परिक्षण व्यवस्था
दफा-८ यस क्लवको लेखा परिक्षणको व्यवस्था निम्न अनुसार हुनेछः-
क) आन्तरिक लेखा परिक्षण प्रत्येक ६ महिनामा गरिनेछ ।
ख) प्रत्येक आर्थिक वर्षो अन्त्यमा नेपाल सरकारबाट मान्यता प्राप्त लेखा परिक्षकबाट लेखा प्ररिक्षण गरिनेछ । भण्डार
ग) आन्तरिक लेखा परिक्षक क्लवको साधारण सभा वा कार्यसमितिले तोकेको नेपाल सरकारबाट मान्यता प्राप्त व्यक्ति हुनेछ ।
परिच्छेद-८
लागु तथा खारेजी
दफा-९ यस नियमावली निम्न अवस्था अनुसार लागु तथा खारेजी गर्न सकिनेछः-
क) यस क्लवको आर्थिक कारोवार गर्दा वा आर्थिक कारोवारसँग सम्बन्धि यस नियमावलीबाट समेट्न नसकिएको खण्डमा नेपाल सरकारको नियम कानून अनुसार हुनेछ ।
ख) यस नियमावली देशको मूल कानूनसँग बाझिएमा उक्त दफा स्वतः खारेज हुनेछ ।
ग) यो नियमावली संसोधन गर्नुपरेमा क्लवको विधानको दफा २५ बमोजिम नियम बनाउने अधिकार प्रयोग गरी संसोधन पनि कार्यसमितिले गर्न सकनेछ ।